थापाथली क्याम्पसका विद्यार्थी प्रजेश श्रेष्ठले पाए शंकरलाल अग्रवाल गोल्ड मेडल

इन्ष्टिच्युट अफ इञ्जिनियरिङ (आईओई) थापाथली क्याम्पसले आफ्नो ५९औँ वार्षिक समारोह मनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शंकर ग्रुपकाे भगिनी संस्था जगदम्बा स्टिलको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममार्फत विसं २०८१ सालको त्रिभुवन विश्वविद्यालयअन्तर्गत इञ्जिनियरिङ संकायको परिक्षामा इञ्जिनियरिङ संस्थान, थापाथली क्याम्पसको स्नातक तहमा सर्वोत्कृष्ट अंक ल्याउन सफल प्रजेश श्रेष्ठलाई सम्मानित गरिएको छ ।
शैक्षिक उत्कृष्टता प्रदर्शित गर्दै इञ्जिनियरिंग संस्थान, थापाथली क्याम्पसको स्नातक तहमा सर्वोत्कृष्ट अंक ल्याउन सफल उनलाई ‘श्री शंकर लाल अग्रवाल स्वर्ण पदक विसं २०८१’, प्रमाणपत्र का साथै नगद ५१ हजार रुपैयाँ पुरस्कारका साथ सम्मानित गरिएको हो ।
संस्थानका डीन प्राडा सुशीलबहादुर बज्राचार्यज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा विशेष अतिथीका रुपमा शंकर ग्रुपका निर्देशक संचालन तथा मार्केटिङ्ग रवि प्रकाशका साथै ईन्ष्टिच्युट अफ इञ्जिनियरिङ, थापाथली क्याम्पसका क्याम्पस प्रमुख डा खेम ज्ञवालीलगायतको उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया