कर्पोरेट

माई सेकेन्ड टिचरको ई–लर्निङ भिडियोमा अभिनय

इकागज |
असार २८, २०७८ सोमबार १७:४१ बजे

काठमाडौँ : नेपालमै  बनेर विश्वकाविकसित २० मुलुकहरुका २०० भन्दा बढी विद्यालयहरुमाझ प्रयोग हुँदै आएको प्रख्यात ई-लर्निङ प्लेटफर्म माई सेकेण्ड टिचरले ई–लर्निङ् भिडियोहरूमा अभिनयका लागि आह्वान गरेको छ । छोटो समयमै विश्वस्तरका कैयौं अवार्डले सम्मानित यस प्लेटफर्म हालसालै नेपालमा पनि सार्वजनिक गरिएको थियो ।

हाल २५ हजारभन्दा बढी विद्यार्थीहरुले प्रयोग गर्दै आएका छन् । यिनै विश्वभरका विद्यार्थी अनिशिक्षकद्वारा प्रयोग गरिने माई सेकेण्ड टिचरको ई–लर्निङ भिडियोहरुमा शिक्षक र विद्यार्थीको भूमिका निभाउन माई सेकेण्ड टिचरले यस अडिसनको अवसर कलाकारहरु माझ सार्वजनिक गरेको छ ।

अडिसनमार्फत् शिक्षक र विद्यार्थीको भूमिकानिर्वाह गर्न कूल २० कलाकारहरु छनोट हुनेछन् । त्यसमध्ये १० जनाले नेपाली पाठ्यक्रमअनुरुप ई–लर्निङ भिडियोहरूमा अभिनय गर्ने छन् भने बाँकी १० जनाले क्याम्ब्रिज पाठ्यक्रमअनुरुप इन्टरनेशनल ई–लर्निङ्ग भिडियोहरुमा अभिनय गर्ने छन् जुन ५० भन्दा बढी देशहरुमा प्रयोग हुनेछ ।



Author

थप समाचार
x