३७औँ वार्षिकोत्सवको अवसरमा नबिल बैंकको छुट प्याकेज
काठमाडौँ : नबिल बैंकले ३७औँ वार्षिकोत्सवको अवसरमा ग्राहकका लागि कार्ड, स्मार्टबैंक लगायत लकरहरुमा विभिन्न छुट प्याकेज सहित '37 Days of Happiness' अफर ल्याएको छ ।
यस अफर अन्तर्गत नबिल बैंकले आज देखी ३७ दिनसम्म नयाँ व्यक्तिगत बचत खातामा नबिल क्रेडिट कार्ड, डेबिट कार्ड, नबिल आइकार्ड, नबिल स्मार्ट बैंक (मोबाईल बैंकिङ) र लकर शुल्कहरुमा विशेष छुटको व्यवस्था गरेको छ । उक्त अफर असार २८ गते देखि भाद्र १ सम्म खुलेको नयाँ व्यक्तिगत बचत खाताहरुमा मात्र उपलब्ध भएको हुने छ । नबिल बैंकका अनुसार ग्राहकले नजिकको शाखामा खाता खोलेर लाभ लिन सक्नेछन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया