ज्योति विकास बैंकद्वारा फर्निसिङ उद्यमी तथा व्यवसायीलाई विशेष छुट
काठमाडौँ : ज्योति विकास बैंकले फर्निसिङ उद्यमी तथा व्यवसायीलाई विशेष छुटमा बैंकिङ सेवा दिने भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ्ग उद्यमी तथा उद्यमी महासंघबीच व्यवसायी र संस्थामा कार्यरत कर्मचारीलाई विभिन्न बैँकिङ सेवा प्रदान गराउने सम्बन्धमा सम्झौता भएको हो ।
महासंघमा आबद्ध व्यवसायी र संस्थामा कार्यरत कर्मचारीलाई उक्त सेवा प्रदान गर्ने विषयमा बैँकका र महासंघबिच सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र र महासंघका तर्फबाट महासचिव ओम बहादुर बस्नेतले हस्ताक्षर गरेका थिए ।
बैंकले महासंघमा आबद्ध व्यवसायी तथा कार्यरत कर्मचारीलाई विशेष छुटमा प्रोफेसनल लोन, कर्जा सेवाहरु र सहज वित्तिय सेवाहरू प्रदान गर्ने सम्झौतामा उल्लेख छ । ‘बैंकले महासंघ अन्तर्गतका व्यवसायीलाई डिजिटल बैंकिंग सेवाप्रदान गर्ने र सहजै सुचारु गरि व्यवसायमा लागू गर्न पनि सहयोग सम्झौतामा भनिएको छ, ‘व्यवसायीले डिजिटल भुक्तानीका सेवा आफ्नो व्यवसायमा भित्र्याई आफ्नो ग्राहकलाई थप सुविधा उपलब्ध गराउन सक्नेछन् ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया