नबिलले वीर अस्पताललाई दियो अक्सिजन प्लान्ट
काठमाडौँ : ३७ औँ वार्षिकोत्सवको अवसर पारेर नबिल बैँकले वीर अस्पतालाई अत्याधुनिक अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । असार २८ गते बैँकले अस्पतालाई ५० क्युबिक लिटर/प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गरेको हो । प्लान्ट स्थापनाका लागि बैँक र अस्पतालबीच गत जेठ ५ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
नबिलको यो अक्सिजन प्लान्टले तेस्रो चरणको कोभिड-१९ जोखिमको प्रतिकार्य र विरामीहरुको जीवन रक्षा हुने अक्सिजन आपूर्ति गरी सहयोग हुने विश्वास रहेको बैंकले जनाएको छ । त्यस्तै, यसअघि पनि बैँकले सरकारलाई कोभिड रोकथामका लागी ६ करोड रुपैँया सहयोग गरीसकेको बैँकका संचार विभागका प्रमुख कृष्ण सुवेदीले जनाएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया