वाइवाइको ‘डायनामाइट एक्स्ट्रा स्पाइसी चिकेन’ बजारमा
काठमाडौँ : वाइवाइ चाउचाउले नयाँ स्वाद थप गर्दै उत्पादन र बिक्री सुरु गरेको छ । ‘डायनामाइट एक्स्ट्रा स्पाइसी चिकेन’ स्वादको वाइवाइ १०० ग्राम तौलको प्याकमा बिक्री सुरु गरेको हो । यसको बजार मूल्य ५० रुपैयाँ कायम गरिएको छ ।
यो चाउचाउको प्याकमा सिजनिङ स्यासे, स्वाद बढाउने मसला पेस्ट र सुकाइएका तरकारी राखिएका छन् । यो नयाँ उत्पादन पनि अन्य स्वादका चाउचाउ जसरी नै पकाउन सकिन्छ ।
वाइवाइ चाउचाउलाई प्याकेट खोलेर उम्लिरहेको पानीमा हाल्ने, ५ मिनेटसम्म पाक्न दिने, त्यसपछि प्याकेटमा भएका मसला स्वादहरू मिसाएर राम्ररी चलाउने गरेपछि आफ्नो रुचिअनुसारका अन्य सागसब्जी र माछामासु पनि मिसाउन सकिन्छ ।
वाइवाइ सबै उमेर समूह र समुदायमा प्रिय र नेपालमै सर्वाधिक रुचाइएको चाउचाउ हो । यो सामान्य खुद्रा पसलदेखि भव्य सुपर मार्केटसम्म सजिलै उपलब्ध हुन्छ । पकाएर वा त्यत्तिकै पनि खान सकिने वाइवाइलाई नेपालभर ‘स्टेपल फुड’ का रूपमा पनि उपभोग गर्ने गरिएको छ । वाइवाइ चाउचाउ हाल २७ फरक स्वादमा उपलब्ध छ । अन्य नयाँ स्वाद पनि थपिँदै जाने कम्पनीले जानकारी दिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया