‘नेपाल टेलिकममा साइबर आक्रमण भएको छैन’
काठमाडौँ : नेपाल टेलिकमले उसको सर्भरमा ह्याकर समूहद्वारा आक्रमण गरिएको र कम्पनीको डाटा रेकर्ड चोरी गरी बिक्रीमा राखिएको भन्ने प्रचार गलत भएको जनाएको छ । डाटा सुरक्षासम्बन्धी गाम्भीर्यता मनन गरी कम्पनीले शंकाको घेरामा रहेको उपकरण तत्काल बन्द गरी छानविन शुरु गरेको नेपाल टेलिकमले कम्पनीको कुनैपनि डाटा चोरी नभएको बताएको छ ।
‘कम्पनीका सम्बन्धित विज्ञहरुबाट विस्तृत छानविन पश्चात कम्पनीको कुनैपनि डाटा चोरी नभएका ग्राहकलाई जानकारी गराउन चाहन्छौं,’ नेपाल टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेछ, ‘ग्राहकसँग सम्बन्धित डाटा सुरक्षित राख्न नेपाल टेलिकमले विभिन्न सुरक्षात्मक संयन्त्रहरु अपनाउँदै आइरहेको छ ।’
नेपाल टेलिकमले आगामी दिनमा पनि कम्पनी र यसका ग्राहकका विवरणहरु सुरक्षित राख्ने प्रतिवद्धता जनाउँदै त्यसमा आश्वस्त हुन प्रयोगकर्तालाई आग्रह गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया