कर्पोरेट

नेपाल टेलिकमका सेवा सुविधामा फेरबदल

इकागज |
साउन १, २०७८ शुक्रबार २०:३१ बजे

काठमाडौँ : नेपाल  टेलिकमले आजदेखि उपलब्ध गराउने समर अफर र सीडीएमए सेवाबाट जिएसएममा रुपान्तरण हुने ग्राहकका लागि उपलब्ध गराउने सेवा सुविधामा फेरबदल गरेको छ । टेलिकमले ग्राहकलाई उपलब्ध गराइरहेको विभिन्न प्याकेजसहितका अफरलाई परिमार्जन गरी  समर अफर अन्तर्गत थप सुविधा  उपलब्ध गराउने भएको हो  । 

 टेलिकमका अनुसार  उपलब्ध गराइरहेको अधिकांश प्याकेजलाई निरन्तरता दिइएको छ  ।  ’लकडाउन अफरको रुपमा बिहान ५ देखि बेलुकी ५ बजेसम्म ३९ रुपैयाँमा उपलब्ध हुने एक एमबीपीएस डे टाइम अनलिमिडेट अफरलाई निरन्तरता दिएको छ', टेलीकमद्धारा जारी विज्ञप्तिमा भनिएको छ । अब प्रतिदिन ५५ रुपैँयामा २ जीबी डाटा प्रयोग गर्न सकिने छ । 



Author

थप समाचार
x