शाओमी ग्लोबल स्मार्टफोन मार्केटको दोस्रो स्थानमा
काठमाडौँ : लिडिङ ग्लोबल मार्केट रिसर्च फार्म क्यानालिसले आफ्नो दोस्रो त्रैमासिकको ग्लोबल स्मार्टफोन मार्केटको रिपोर्ट सार्वजनिक गरेको छ । जसमा शाओमीले १७ प्रतिशत शेयर र ८३ प्रतिशत यर अन यर वृद्धिका साथ एप्पललाई पछाडि पारेर दोस्रो स्थानमा अग्रता लिएको जानकारी दिएको छ ।
क्यानालिसले भनेको छ, ‘शाओमीले अहिले आफ्नो व्यवसायको मोडेललाई च्यानल पार्टनर कन्सोलिडेसन र अधिक सावधानीपूर्वक व्यवस्थापन जस्ता पहलहरूको साथ च्यालेन्जरबाट इनकन्म्बेन्टमा रूपान्तरण गरिरहकोे छ ।’ शाओमीको नयाँ लक्ष्य भनेको सामसङलाई विश्वको सबैभन्दा ठूलो बिक्रेता बन्नबाट पछि पार्नु रहेको क्यानालिसको टिप्पणी छ ।
शाओमीका संस्थापक, अध्यक्ष र मुख्य कार्यकारी अधिकृत लेई जुनले सबै कर्मचारीहरूलाई लेखेको पत्रमा औंलाउदै भन्नु भयो कि विश्वको नं .२ स्थानमा पर्न सफल हुनु शाओमीको इतिहासको महत्वपूर्ण माइलस्टोन भएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया