कर्पोरेट

सिटी एक्सप्रेस र कोरोना ‘पे’ यूरोपबीच रेमिट्यान्स सेवा सुरु

इकागज |
साउन ३, २०७८ आइतबार १२:१३ बजे

काठमाडौँ – साइप्रसको ‘कोरोना पे’ यूरोप र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएको छ । साइप्रस, युके, जर्मनी, डेनमार्क, स्पेन, इटाली अथवा फ्रान्समा रहेका नेपालीले अब ‘कोरोना पे’ को सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजीलै नेपालमा पैसा पठाउन सक्ने सिटीले जनाएको छ ।
 
नेपालमा सिटी एक्सप्रेससंग आबद्ध १२ हजार भन्दा बढि एजेन्टबाट सजिलै भुक्तानी लिन सकिन्छ । भने नेपालको  जुनसुकै बैंकको खातामा पनि रकम जम्मा गर्न सकिने जनाइएको छ । 

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र कोरोना पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ग्लेब कोज्लोवले हस्ताक्षर गरेका छन् ।



Author

थप समाचार
x