कर्पोरेट

सिजीले ल्यायो जाडोका सामान, पानी तताउने केटलदेखि हिटरसम्म

इकागज |
मंसिर १७, २०७७ बुधबार १८:१४ बजे

काठमाडौं : सिजीले जाडोलाई मध्यनजर गर्दै विभिन्न किसिमका घरायसी सामाग्रीहरू बजारमा ल्याएको छ । सम्पूर्ण उपभोक्ताहरुमा न्यानो सम्बन्ध राखी जाडोमा जीवन सरल र सहज बनाउने घरायसी सामानहरू पानी तातो बनाउन केटल, तातोपन जोगाइ राख्न थर्मस, भ्याक्युम फ्ल्याक्स र हटपट प्रस्तुत गरेको छ । 

यसैगरी जुनसुकै स्थानमा जति बेला पनि तातो पानी उपलब्ध गराउन वाटर डिस्पेन्सर ल्याएको छ भने तपाईलाई न्यानो बनाई राख्न बिभिन्न किसिमका इलेक्ट्रिक एवं ग्यास हिटरहरू उपलब्ध गराएको छ । यस लगायत सिजीले चिसो पानीले नुहाउने टेनसनबाट मुक्त हुनका लागि इलेक्ट्रिक र ग्यास गिजर समेत ल्याएको छ ।


सिजीले प्रस्तुत गरेका घरायसी सामाग्रीहरू गुणस्तरीय, भरपर्दो र समय अनुकुल रहेको बताएको छ ।


Author

थप समाचार
x