कर्पोरेट

अब मोबाइलबाटै ‘फिक्स्ड डीपोजिट’को सुविधा

इकागज |
मंसिर १७, २०७७ बुधबार १८:२२ बजे

काठमाडौं : एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्गमार्फत ग्राहक आफैले मुद्दती खाता खोल्न सक्ने सुविधा सुरु गरेको छ । बैंकका ग्राहकले एनआईसी एशिया मोब्यांक एपमार्फत फिक्स डिपोजिट आइकनमा ट्याप गरी जुनसुकै स्थान तथा समयमा मुद्दती खाता खोल्न सक्ने बैंकले जानकारी दिएको छ । 

बैंकमा ग्राहक महानुभावहरूले कम्तिमा तीन महिनादेखि अधिकतम १० वर्ष भन्दा बढी समयका लागि व्यक्तिगत मुद्दती निक्षेप गर्न सक्नेछन् । वार्षिक ब्याजदर सुविधा क्रमशः ७.२५ देखि ९.७५ प्रतिशतसम्म प्राप्त गर्न सक्ने उल्लेख छ । मोबाइल बैंकिङमार्फत मुद्दती खाता खोल्नु हुने ग्राहक महानुभावहरूलाई प्रोत्साहनस्वरूप बैंकले प्रकाशित सम्पूर्ण किसिमका मुद्दती निक्षेपको ब्याजदरमा ०.५ प्रतिशत थप गर्ने व्यवस्था गरेको छ ।


‘सोच बदलौं’ भन्ने नारालाई आत्मसात गर्दै आइरहेको यस बैंकले ल्याएका यो सुविधा अन्तर्गत स्वचालित पद्धतीअनुरूप ग्राहक महानुभावहरूले क्षणभरमै मुद्दती खाता खोली बिना कुनै झन्झट उच्चतम ब्याजदरले भरिपूर्ण मुद्दती निक्षेपको फाइदा लिने बैंकले जानकारी दिएको छ । 
सरकारको डिजिटल नेपाल फ्रेमवर्क अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहक महानुभावहरूलाई आकर्षित गरी मुलुकको अर्थतन्त्रलाई क्यासलेस इकोनोमी बनाउन यो योजनाले सहयोग पु-याउने बैंकले लक्ष्य लिएको छ ।
 


Author

थप समाचार
x