विराटनगर ट्राभल्स एजेन्टमा पुनः अधिकारी
विराटनगर - विराटनगर एसोसिएसन अफ ट्राभल एजेन्ट (बाटा) को अध्यक्षमा पुनः फडिन्द्र अधिकारी चयन भएका छन् । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य राजेन्द्र राउतको प्रमुख आतिथ्यमा शुक्रबार बेलुका सम्पन्न विशेष साधारणसभाले दोस्रो पटकको कार्यकालका लागि अधिकारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
बाटाको उपाध्यक्षमा नविन कार्की, महासचिवमा भागवत नेपाल, सचिवमा निना राई र कोषाध्यक्षमा भैरब रिजाल सर्वसम्मत चयन भएका हुन् ।
अधिकारीकै नेतृत्वको अघिल्लो कार्यसमितिले प्रदेश सरकारस“गको सहकार्यमा विराटनगर विमानस्थलबाट माउन्टेन फ्लाइट सुरु गर्न सहजीकरण गरेको थियो । पराम्परागत रूपमा टिकटिङमा मात्रै केन्द्रित हुने गरेकोमा अब प्रविधिमा आएको परिवर्तनलाई समेत प्रयोग गर्ने, व्यवसायीहरूको क्षमता अभिबृद्धि गर्ने, प्याकेज टुरका कार्यक्रमलाई प्रोत्साहन गर्ने र भारतीय सीमावर्ती बजारमा पहु“च बढाउने निर्णय गरेको अध्यक्ष अधिकारीले बताए ।
त्यसैगरी पहाडी र हिमाली जिल्लाहरूमा स्तरोन्नति भइसकेका विमानस्थलहरूमा उडान सेवा सुरु गर्न एयरलाइन्स कम्पनी र त्यसको सहजीकरणका लागि प्रदेश १ सरकारस“ग अनुरोध गर्ने निर्णय गरेको बताए ।
विराटनगरमा प्रदेश १ को ‘हब’ विमानस्थलका रूपमा विराटनगर विमानस्थल रहेको छ । यहा“बाट अहिले संखुवासभाको तुम्लिङटार विमानस्थलमा मात्रै साप्ताहिक उडान हुने गरेको छ । बाटा सदस्य रहेका ४० वटा ट्राभल एजेन्सीको मुख्य व्यापार भने विराटनगर–काठमाडौंको हवाई टिकटमै सिमित रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया