कर्पोरेट

स्कोडा कुशाकको एकै दिन ७५ युनिट गाडी बिक्यो

इकागज |
साउन २८, २०७८ बिहीबार ११:४६ बजे

काठमाडौं – नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बुधबार काठमाडौं लगायत देशभरका सोरुमबाट एकै दिन ७५ वटा नयाँ स्कोडा कुशाक डेलिभरी गरेको छ । एमएडब्लुले बुधबार चर्चित मिडिया व्यक्तित्व डा. समिरमणि दिक्षित, टुटलका सिइओ शिक्षित भट्ट, अभिनेता अनुप विक्रम शाही र भ्लगर सिसन बानियाँलाई पनि नयाँ स्कोडा कुशाक डेलिभरी दिएको हो । 

दुई साताअघि सार्वजनिक गरिएको स्कोडा कुशाकलाई नेपाली अटोबजारले स्वीकारिसकेको कम्पनीले जानकारी दिएको छ । एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन भेरियन्टमा उपलब्ध कुशाकले वर्ल्ड प्रिमियर भएदेखि नै अटो जगतमा दमदार उपस्थिति जनाइसकेको छ । सुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ कायम गरिएको नयाँ कुशाकको टेस्ट ड्राइभ तथा बुकिङ अब देशभर रहेका स्कोडा सोरुमबाट गर्न सकिनेछ ।

‘स्कोडा कुशाकबाट हामी धेरै राम्रो प्रतिक्रिया पाएका छौँ । आजको मितिसम्म हामीसँग एकसय १५३ भन्दा बढी बुकिङ छन् । आज चाहिँ हामीले काठमाडौं र देशभर रहेका डिलरहरुबाट ७५ वटा कुशाक डेलिभरी दिएका छौं,’ स्कोडा एमएडब्लुका कार्यकारी निर्देशक रौनक अग्रवालले भने, ‘कुशाकमा विश्वमै लोकप्रिय टीएसआई प्रविधिको इन्जिन छ जुन पर्फमेन्स, इफिसेन्सी, रिफाइनमेन्ट र आउटपुटको बेजोड सम्मीश्रण हो । टीएसआई अवार्ड हासिल गर्न सफल पछिल्लो प्रविधिमा आधारित इन्जिन हो ।’

ड्राइभिङलाई सहज बनाउन यसमा धेरै वटा ‘सिम्प्ली क्लेभर’ फिचर राखिएका छन् । यसमा कैयौं एक्टिभ र पेसिभ सेफ्टी फिचर छन् जसमध्ये ईएससी सबै भेरियन्टमा स्ट्यान्डार्ड हो । एमएडब्लुले कुशाकको ‘वनरसिप’ सहज बनाउन ग्राहक–केन्द्रित न्युनतम ब्याजदर आयोजनाको सार्वजनिक गरेको छ । ग्राहकले अब ५.९९ प्रतिशत ब्याजदरमा पाँच वर्षको भाकामा स्कोडा कुशाक खरिद गर्न सक्नुहुनेछ । 

नेपाली बजारमा कुशकको मूल्य कति छन् ?


भेरियन्ट  

 मूल्य (रुपैयाँमा)


एक्टिभ एमटी    

४९ लाख ९० हजार 


एम्बिसन एमटी    

५३ लाख ९० हजार


एम्बिसन एटी    

५८ लाख ९० हजार


स्टाइल एमटी     

६० लाख ९० हजार


स्टाइल एटी    

६५ लाख ९० हजार 

 


Author

थप समाचार
x