यातायात कार्यालयमा सिभिल बैंकको एक्सटेन्सन काउन्टर
काठमाडौं : सिभिल बैंकले यातायात ब्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, एकान्तकुना, ललितपुरमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । अब ललितपुरको एकान्तकुनास्थित यातायात ब्यवस्था कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत सजिलै भुक्तनी गर्न सक्नेछन् ।
करीव पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ३ एक्सटेन्सन काउन्टर (यस एक्सटेन्सन काउन्टर सहित) मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले करीब ७० अर्ब रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी ६१ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरीसकेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया