कर्पोरेट

जगदम्बा मोटर्सद्वारा अपाचे १६० टूभी सार्वजनिक

इकागज |
भदौ १, २०७८ मंगलबार १३:५७ बजे

काठमाडौँ – टिभिएस मोटर कम्पनीले ‘अपाचे १६० टूभी’को नयाँ मोडल नेपालमा सार्वजनिक गरेको छ । यो मोटरसाइकल टिभिएसका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्ना सानो भरयाङ सोरूम मार्फत कमेडी च्याम्पियनका शीर्ष ६ सहभागीद्वारा सार्वजनिक गरेको हो ।
 
अपाचे १६० टूभीको बडीमा न्यू रेस इन्स्पाइर्ड ग्राफिक्स समावेस गरिएको छ जुन पहिलाको सोही गाडीको संस्करण भन्दा भिन्न र फरक डिजाइनको छ । यसैगरी यसको पछाडि १२०÷७०×१७ को नयाँ फराकिलो टायर राखिएको छ जसले बाटोमा अझ राम्रो ग्रिप र सुरक्षा प्रदान गर्दछ। यसमा रहेको अर्को राम्रो फिचर्स भनेको यसमा रहेको रेस इन्स्पाइर्ड डिजिटल डिस्प्ले रहेको छ जसले राइडरलाई स्पीड नियन्त्रण बारे अवगत गराइरहन्छ । यसको मूल्य भने २ लाख ६९ हजार नौ सय रुपैयाँ तोकिएको छ ।



Author

थप समाचार
x