कर्पोरेट

नबिलमा एटिएमबाटै रकम जम्मा गर्न सकिने

इकागज |
भदौ ३, २०७८ बिहीबार १३:५६ बजे

काठमाडौँ - नबिल बैंकले नबिल क्यास मेसिन सञ्‍चालनमा ल्याएको छ । एटिएममार्फत रकम झिक्ने मात्र नभई रकम जम्मा पनि गर्न सक्ने सुविधा ल्याएको हो । यस प्रविधी नबिल बैंकले सुरुवातमा नबिल बैंकको तीनधारा शाखा र पुल्चोक शाखाबाट सुरु गरेको छ ।

अब ग्राहकहरुले मेसिनमा एक हजार÷पाच सय÷एक सय रुपैयाँ जम्मा गर्न सक्ने छन् भने एक पटकमा ९९ हजार नौ सय रुपैयाँ जम्मा गर्न सक्ने छन् । साथै यस मार्फत नबिलको कुनै पनि बचत र चाल्ती खातामा जम्मा गर्न सक्ने छन् । साथै यस मार्फत ग्राहकहरुले आङ्खनो क्रेडिट कार्ड भुक्तानी पनि गर्न सक्ने छन् ।



Author

थप समाचार
x