सुजुकीले ल्यायो एक्सचेञ्ज अफर
काठमाडौँ - सुजुकी इन्डियाद्वारा उत्पादित जापानिज ब्राण्डको मोटरसाईकल र स्कुटर नेपालका लागि आधिकारिक बिक्रेता भिजी अटोमोवाईल्स प्रालिले सुजुकी एक्सचेञ्ज सुरु गरेको छ ।
साउन २८ देखि भदौ ५ गतेसम्म मुलुकभरआफ्ना सबै आधिकारिक शोरुमहरूमा यस योजना अन्तर्गत कुनै पनि ब्राण्डका मोटरसाईकल वा स्कुटर एक्सचेञ्ज गरि सुजुकीको नयाँ मोटरसाईकल वा स्कुटर खरिद गर्न सकिनेछ । कुनै पनि मोटरसाईकल वा स्कुटरलाई एक्सचेञ्ज गर्दा बजार मुल्य भन्दा थप १५ हजार रुपैयाँ प्रदान गरिने साथै नयाँ खरिदमा आकर्षक छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
पछिल्लो समय यूवा पुस्ता आकर्षित भईरहेको सुजुकी मोटरसाईकल तथा स्कुटरले राम्रो माईलेज दिने तथा अत्याधिक बलियो भएको तथा सुजुकीको नयाँ मोटरसाईकल वा स्कुटरमा ५ बर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ । साथै सुजुकीले नेपालमा भर्खरैबिएस ६ प्रविधिको एक्सेस स्कुटर लञ्च गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया