कर्पोरेट

धरानमा खुल्यो बजाजको नयाँ सोरुम

इकागज |
भदौ ४, २०७८ शुक्रबार १३:५८ बजे

काठमाडौँ  – नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले धरानमा पूर्ण सुविधा सम्पन्न नयाँ सोरुम 'अर्ब्रिन एण्ड ब्रदर्स अटो' को उद्घाटन गरेको छ । बजाजले सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले धरानमा पनि सोरुम सञ्‍चालनमा ल्याएको हो । 

यस उद्देश्यलाई सार्थक बनाउन अर्ब्रिन एण्ड ब्रदर्स अटोका प्रोपराइटर अर्ब्रिन तामाङलाई डिलरसीप प्रदान गरिएको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीले जानकारी दिएको छ ।

गोल्छा ग्रुपका डिरेक्टर अभिमन्यु गोल्छाले भने, 'हामी धरानमा नयाँ सोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं । हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । धरानमा यो नयाँ सोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् ।'

सोरुम उद्घाटनको अवसरमा अर्ब्रिन एण्ड ब्रदर्स अटोले मोटरसाइकल किन्ने ग्राहकहरुका लागि आकर्षक उपहारको व्यवस्था पनि गरेको छ । 



Author

थप समाचार
x