कर्पोरेट

राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक, डिजाईनरलाई १ लाखको पुरस्कार

इकागज |
भदौ ८, २०७८ मंगलबार १२:५६ बजे

काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेण्ड टिचरले राष्ट्रिय क्रिकेट टोलीको आधिकारिक जर्सी सार्वजनिक गरेको छ । उत्कृष्ट जर्सी डिजाईन प्रतिस्पर्धाको विजेताको घोषणा समेत गरेको छ । क्यान र माई सेकेण्ड टिचरले गत महिना संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरी जर्सी डिजाइनका लागि प्रतिस्पर्धा खुल्ला गरेको थियो ।

प्रतिस्पर्धामा भाग लिनका लागि जर्सीमा राष्ट्रिय झण्डामा भएको रातो र नीलो रंगको प्रयोग गर्नुपर्ने र राष्ट्रिय क्रिकेट टोलीले पालना गर्ने अन्र्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को नियमअनुरुप जर्सी डिजाइन हुनुपर्नेजस्ता मापदण्ड थिए । जर्सी छनोट समितिका लागि क्यानका तर्फबाट सदस्य छुम्बी लामा, जनरल म्यानेजर रौनक मल्ल र क्रिकेट म्यानेजर विनोद दासले प्रतिनिधित्व गरेका थिए भने प्रायोजकका तर्फबाट १ जनाले प्रतिनिधित्व गरेका थिए ।

माई सेकेन्ड टिचरको मुख्य प्रायोजन रहेको यस प्रतिस्पर्धामा विजेतालाई पुरस्कारस्वरुप नगद एक १ लाख प्रदान गर्ने घोषणा गरिएको थियो । छोटो अवधिमै पाँच बढी जर्सीका नमूनाहरु आएको यस प्रतिस्पर्धामा आदर्श पोखरेलको डिजाइन उत्कृष्ट साबित भई छनोट भएको छ ।



Author

थप समाचार
x