सिटी एक्सप्रेस र ट्यापट्यमप सेन्ड यूकेबीच रेमिटान्स कारोबार सुरु
काठमाडौँ - बेलायती रेमिट कम्पनी ट्यापट्याप सेन्ड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको छ । बेलायतमा रहेका नेपालीहरुले ट्यापट्याप सेन्डको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।
नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध १२ हजार भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने कम्पनीले जानकारी दिएको छ । नेपालको जुन सुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाईल वालेटमा लोड गर्न सकिनेछ । साथै हरेक करोबारमा लाभाग्राहीहरुलाई एसएमएसद्वारा जानकारी पनि गराईन्छ ।
सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टन्डन र ट्यापट्याप सेन्डका तर्फबाट निर्देशक माइकल फायले हस्ताक्षर गरेका छन् ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया