कर्पोरेट

सानिमा हाइड्रोले १० प्रतिशत बोनस सेयर बाढ्ने

इकागज |
मंसिर २५, २०७७ बिहीबार १३:६ बजे

काठमाडाैं : सानिमा हाइड्रो पावर लिमिटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर बाढ्ने भएको छ । २०७६/७७ को वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बाढ्ने भएको हो । 

सञ्चालक समितिको निर्णयअनुसार आगामी पुस २३ मा साधारणसभाको बैठक बस्ने कार्यक्रम छ । बोनस सेयर निष्काशनका लागि कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजीलाई वृद्धि गरी प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव छ । 


कम्पनीको हालको अधिकृत चुक्ता पूँजी दुई अर्ब ७० करोड रुपैयाँबाट बढाएर ३ अर्ब ५० करो८ पुर्‍याउनेछ । जारी तथा चुक्ता पूँजीलाई दुई अर्ब ५५ करोड ३१ लाख रुपैयाँबाट बढाएर दुई अर्ब ८० करोड ८४ लाख रुपैयाँ पुर्‍याउने प्रस्ताव छ ।  

कम्पनीको नियमावलीरप्रबन्धपत्रमा नियमनकारी निकायले संशोधन गर्न सुझाव दिएमा सोही अनुरुप आवश्यक फेरबदल गर्न कम्पनीको सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव छ ।


Author

थप समाचार
x