कर्पोरेट

सिजी नेटले ल्यायो 'तीजको अफर आयो वरि लैलै'

इकागज |
भदौ १६, २०७८ बुधबार १४:४७ बजे

काठमाडौं - चौधरी ग्रुपको स्वामित्वमा रहेको सिजी नेटले तीजलाई लक्षित गरेर नयाँ योजना सार्वजनिक गरेको छ ।  ‘सिजी नेट तीजको अफर आयो वरि लैलै’ नामक यस योजना आजबाट भदौ ३० गतेसम्म चल्नेछ ।

६ महिना वा १२ महिनाको प्याकेज खरिद गर्दा यस अफरमा सहभागी हुन सकिने सिजी नेटले जनाएको छ । अफर सब्सक्राइब गरेबापत हरेक दिन लक्की ड्र बाट दुई जनाले सिजीको घरायसी सामानहरू प्राप्त गर्न सक्नेछन् भने एक जनालाई बम्पर उपहारका साथै ९ जना भाग्यशालीले थप पुरस्कार प्राप्त गर्ने सिजी नेटले जनाएको छ ।


सिजीले हाल ललितपुरको जाउलाखेल, कुमारीपाटी, झम्सीखेल, कुपन्डोल तथा कालीमाटी, कलंकी, बल्खु, सतुंगल, छाउनी स्थानमा सेवा सुरु गरिसकेको छ भने बाँकी स्थानमा चाडै सुरु गर्ने जनाएको छ ।


Author

थप समाचार
x