चाडपर्व लक्षित टिभिएसको नयाँ योजना सार्वजनिक
काठमाडौं– टिभिएस नेपालको आधिकारिक डिलर जगदम्बा मोटर्स प्रालिले चाडपर्व लक्षित नयाँ योजना सार्वजनिक गरेको छ । टिभिएस ६ प्राइजको सरप्राइज नामक नयाँ योजना ल्याएको हो । ६ पटकसम्म उपहार जित्न मिल्ने यस उपहार योजना अन्तर्गत ग्राहकहरूले बिभिन्न टिभिएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा हात खाली नहुन्जेल बिभिन्न आकर्षक तथा भव्य उपहारहरु प्राप्त गर्नेछन् । यस योजना यहि २०७८, भदौ १६ बाट प्रारम्भ भइ सम्पूर्ण चाडपर्वहरुको समापन पछि समाप्त हुने जानकारी जगदम्बा मोटर्सले जानकारी दिएको छ ।
योजना अवधिभर १० लाख सम्मको नगद तथा शत प्रतिशत क्यास व्याक, अपाचे आर आर ३१०, दैनिक मोवाइल तथा योजनाको अन्त्यमा कार जित्न सकिने जनाएको छ । त्यसैगरि ग्रहाकले टिभिएस नेपालको फेसबुक पेजमा गएर १ लाख जित्न सक्ने पनि जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया