कर्पोरेट

बर्जर पेन्ट्सले ल्यायो बर्जर फेस्टिभ राइड योजना

इकागज |
भदौ १७, २०७८ बिहीबार १३:२८ बजे

काठमाडौं – बर्जर पेन्ट्सले दशै तिहार लक्षित नयाँ योजना सार्वजनिक गरेको छ । बर्जर पेन्ट्सले “बर्जर फेस्टिभ राइड” योजना सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत उपभोक्ताहरुले छानिएका ब्राण्डहरुको खरीदमा १०० वर्ग फिट क्षेत्रफल बराबरको डिजाइनर वाल पेन्ट् पक्का उपहार प्राप्त गर्नेछन् भने एकजना भाग्यशाली विजेताले गोला प्रथाद्वारा बम्पर यामाहा एफ जेड मोटरसाइकल जित्न जनाएको छ । यसैगरी अन्य उपहारहरु एकजनालाई यामाहा फेसिनो १२५ एफआई स्कूटर, २ जनालाई सामसुङ्ग एस२१ मोबाइल र ५० जनालाई सामसुङ्ग एम ०२एस मोबाइल प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

यसका साथै योजनामा उपभोक्ताहरुले रङ्गाइएको आफ्नो घरको बाहिरी भागको फोटो बर्जरको वेभसाइटमा अपलोड गरेर डिजिटल प्रतियोगीतामा सहभागीता जनाउन सक्नेछन्  र । यसरी सहभागी भएकाहरु मध्ये उत्कृष्ट २८ घरधनीहरुलाई नगद पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ । योजना भदौ १५ गतेदेखि सरु भएको हो ।



 


Author

थप समाचार
x