कोका-कोलाले आइडिया पिचिङ प्रतियोगिता गर्ने
काठमाडौँ- कोका-कोलाले नेपाल युवा परिषद्सँगको सहकार्यमा युवा लक्षित आइडिया पिचिङ प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा प्रत्येक प्रदेशबाट आउने एक उत्कृष्ट विचारलाई ‘युथ इन्गेज्मेन्ट इन क्लाइमेट एक्सन इनिसिएटिभ’ अन्तर्गत पुरस्कार प्रदान गर्ने जनाएको छ ।
नेपालभरका युवाहरूले भाग लिन पाउने यस प्रतियोगिता अनलाइनबाट सहभागिता जनाउन सक्ने जनाएको छ । सीड फन्डीङ कार्यक्रम कोका–कोला कम्पनीको आधिकारिक बोटलिङ साझेदार बोटलर्स नेपाल (तराई)द्वारा प्रायोजित छ ।
प्लान इन्टरनेशनल, डब्ल्यूडब्ल्यूएफ नेपाल, मेरी स्टोप्स, एनआरईएन, ग्रेस इन्टरनेशनल, टेक्सस इन्टरनेशनल कलेज, एडुसञ्जाल र खल्तीको विशेष सहयोगसँगै प्रान्तीय र स्थानीय सरकारको सहयोगमा चयन गरिएको विचारहरूको लागी अगाडि बढाइने छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया