आइसफल टेक्नोलोजीले ल्यायो तुरून्त फोटो निकाल्ने पोलोराइड क्यामेरा
काठमाडौँ - आइसफल टेक्नोलोजीले पोलोराइड क्यामरा सार्वजनिक गरेको छ। यो क्यामराले खिचेको केही सेकेन्डमा नै तयारी फोटो निकाल्ने हुँदा ट्रभाल गर्ने मानिसहरूको लागि अत्यन्त उपयोगी हुने कम्पनीले जनाएको छ । अटोफोकस २ लेन्स सिस्टम भएको यो क्यामरामा ८ कलरको फोटो निकाल्ने क्षमता रहेको छ । सेल्फ टाइमर भएको यस क्यामरा ४ सय ३४ ग्रामको भएको हुँदा बोक्न पनि सजिलो हुनेछ । मानिसका हरेक पल अमुल्य हुने र यस्ता पलको सम्झना फोटोमा कैद गरेर राख्न यस क्यामरा अत्यन्त उपयोगि हुने कम्पनीले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया