कर्पोरेट

बजाजको दशैँ अफर ‘खुसीको तीन डोज’

इकागज |
भदौ २०, २०७८ आइतबार १९:२१ बजे

फाइल फोटो

काठमाडौँ - बजाज मोटरसाइकलको नेपालको आधिकारिक विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले चाडपर्व योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘खुसीको तीन डोज’ चाडपर्व अफर ल्याएको हो । यो योजनामा ग्राहकले बजाजका मोटरसाइक खरिद गर्दा तीन पटकसम्म नगद पुरस्कार जित्न सक्नेछन् ।

ग्राहकले मोटरसाइकल खरिद गर्नु अघि नै १० हजारसम्म नगद छुट प्राप्त गर्नेछन् । त्यस्तै खरिद गर्ने क्रममा नै १ लाखसम्म नगद र खरिद गरेपश्चात् बम्पर उपहार स्वरुप १० लाखसम्म जित्न सक्ने छन् ।


हरेक महिनाको अन्त्यमा लक्की ड्र मार्फत १ जना ग्राहकले १० लाख रुपैयाँ जित्न सक्नेछन् । याे योजना तिहारसम्म चल्ने कम्पनीले जनाएको छ । ग्राहकले यो योजना देशभर रहेको बजाजको आधिकारिक शोरुममा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

 


Author

थप समाचार
x