जगदम्बाले सार्वजिनक गर्दै अपाचे आरटिआर २०० फोर भी
काठमाडौं – नेपालका लागि अपाचे मोटरसाइकलको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले अपाचे आरटिआर २०० फोर भि बिएस् ६ युक्त बाइक सार्वजनिक गर्ने भएको छ । आगामी बिहीबार कम्पनीले बाइक सार्वजनिक गर्न लागेको हो । कम्पनीले यसको बुकिङ समेत खोलिसकेको छ ।
अपाचे आरटिआर २०० फोर भी बिएस सिक्सलाई एफआइ प्रविधि र तीन ओटा राइडिङ मुडमा चलाउन सकिन्छ । स्पोर्ट, अर्वन र रेन गरि तीन मुडमा चलाउन सकिन्छ । अपाचे आरटिआर २०० फोर भि बिएस् ६ लामो समय देखि युवाहरूको प्रतिक्षा रहेको बाइक हो ।
१९७.८ सिसि युक्त सिङ्गल इन्जिन भएको यस बाइकले स्पोर्ट मुडमा २०.५ बिएच् पि पावर र १७.२ एन एम टर्क जेनेरेट गर्दछ । नेपालमा यसको मुल्य ३ लाख ८४ हजार ९ सय तोकिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया