टिभिएस् आरटीआर २०० फोर भी बीएस ६ नेपालमा सार्वजनिक
काठमाडौं- टीभीएस ब्रान्डको नेपालको लागि आधिकारिक विक्रेता जगदम्वा मोर्टसले टीभीएस आरटीआर २०० फोर भीको बीएस ६ भर्सन नेपालमा सार्वजनिक गरेको छ ।
टीभीएस अपाचे आरटीआर २०० फोर भी नेपाली बजारमा लोकप्रिय मोटरसाइकल रहेको छ । केही समय अगाडि कम्पनी स्मार्ट कनेक्ट फिचरका साथ एलइडी हेडल्याम्पमा अपडेट गरेर सार्वजनिक गरेको थियो भने हाल बीएस ६ भर्सन सार्वजनिक गरेको हो ।
कार्यक्रममा बोल्दै जगदम्बा मोर्टसका अध्यक्ष शाहिल अग्रवालले भने, ‘नेपाली ग्राहकहरुले सधैं नै टीभीएसका अपाचे सिरिजलाई अत्याधिक रुचाइदिनु भएको छ, र आरटी एफआईसहित आएको यो नयाँ भर्सनले हाम्रा ग्राहक वर्गमा अझै उत्साह ल्याउनेमा आशावादी छौं । यस साथै हामीले सधैं ग्राहकको उच्चतम ड्राइभिङ् अनुभवका लागि आफ्ना उत्पादनहरुमा उच्चस्तरिय र नविन प्रविधिको प्रयोग गर्ने प्रणालीको प्रयोग गर्दै आएका छौं ।’
‘अपाचे आरटीआर २०० फोर भी यो सेग्मेन्टमा नै फर्स्ट इन क्लास फिचरका साथ हामीले नेपाली ग्राहकका सामू ल्याएका छौं । हामीले हाम्रा उत्पादनहरु ग्राहकका लागि प्रयोगात्मक बनाउन विभिन्न मोडमा चलाउन सकिने, मोटरसाइकल चालकको आवश्यकता अनुसार एडजष्ट गर्न सकिने प्रकारको मोटरसाइकल ल्याएका छौं, पक्कै पनि यो मोटरसाइकलले हाम्रा ग्राहकवर्गले रुचाउनु हुनेछ भन्ने विश्वास लिएका छौं,’ जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक कुमार अग्रवालले भने ।
विषेशताहरु
यो मोटरसाइकलमा फर्स्ट इन क्लास एडजष्टएबल सस्पेन्सन, फर्स्ट इन क्लास राइडिङ मोड, फर्स्ट इन क्लास एड्जष्ट एबल क्लचब्रेक लिभर, फर्स्ट इन क्लास स्मार्ट कनेक्ट फिचर रहेको छ ।
यो मोटरसाइकलमा १९७.८ सीसी सिंगल सिलिन्डर, लिक्वीड कुल्ड, आरटीएफआई बीएस ६ इन्जिन रहेको छ । यो इन्जिनले ८५०० आरपीएममा २०.२ बीएच पावरका साथै ७००० आरपीएममा १६.८ एनएम टर्क उत्पादन गर्छ । यसमा आयल कुलरसँगै र्याम एयर असिस्टको विशेषता दिइएको छ, भने ५ स्पीड गियरबक्ससँगै एआरटी स्लिपर क्लच छ ।
यसमा फ्युल गेज, पिलिन ग्राबेल, इन्जिन किल स्वीच, घडी, डिजिटल ट्रिप मिटर, ट्रिप मिटर, स्मार्ट कनेक्ट र पास लाइट जस्ता अत्याधुनिक फिचर रहेको छ । बीएस ६ भर्सन आरटीार २०० फोर भीको नेपालमा मूल्य ३ लाख ८४ हजार ९०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया