दक्षिण एसियामा निशानकाे 'ग्रीन मिशन सेसन'
फाइल फोटो
काठमाडौँ - विश्व विद्युतीय गाडी (इभी डे) दिवसको उपलक्ष्यमा निसान कम्पनीले दिगो वातावरणीय स्थिति कायम राख्न भर्चुअल सेसनको आयोजना गरेको छ । नेपाल र भुटानमा पर्याप्त जलविद्युतको उपलब्ध भएकोले वातावरणीय एवं आर्थिक पक्षमा दरिलो वातावरण संरक्षणको संभावना रहेकाले सेसनको आयोजना गरिएको कम्पनीले जनाएको छ । निशानको उद्देश्य यस क्षेत्रको अधिकतम जनताका लागि उपयुक्त सवारी साधन उपलब्ध गराउने, सामाजिक आर्थिक लाभ दिलाउने र दिगो पनि हुने कम्पनीले जनाएको छ।
नेपाल सरकारको नीति अनुरुप कार्वन उत्सर्जन कम गर्ने र विद्युतीय सवारी साधनलाई अधिकतम उपयोग गर्ने छ । निसानले पनि यसमा सहयोगी भूमिका खेल्दै यसमा शून्य प्रतिशत प्रदुषण गर्ने सवारी साधनको बिक्री सुरू गरेको जनाएको छ ।
पायोनियर मोटो कर्पका प्रबन्धनिर्देशक सन्दिपकुमार शारदाले निशान लिफको ग्राहक वर्गमा प्रत्यक्ष अनुभव गराउनको लागि भदौ २८ गते देखि काठमाडौँका शो–रुमहरुमा साता व्यापी टेष्ट ड्राईभको व्यवस्था गरेको बताए । ग्राहकले निसान लिफ सवारी विद्युतीय स्टेसनमा चार्ज गर्न सजिलो रहेको जानकारी दिएको छ । ग्राहकहरुले विभिन्न ठाउँमा चार्ज गर्ने सुविधा मिलाएको कम्पनीले जनाएको छ । यसमा आफ्नै घरमा रहेको डेडिकेटेड वालमा चार्ज गर्दा १५ देखि १८ घण्टामा पूरा चार्ज हुने कम्पनीको दावी छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया