कर्पोरेट

नेपाल उद्योग परिसंघमा तीन नयाँ समिति

इकागज |
भदौ २७, २०७८ आइतबार १९:२५ बजे

काठमाडौँ - नेपाल उद्योग परिसंघले तीन समिति गठन गरेको छ । उद्योग समिति,  बैंक तथा वित्तीय संस्था समिति र रोजगादाता समिति गठन गरेको हो ।

परिसंघमा आइतबार आयोजित कार्यक्रममा उद्योग समितिको अध्यक्षमा गोकुल भण्डारी, परिसंघका राष्ट्रिय परिषद सदस्य अनलाज भट्टराई  र रोजगादाता समितिमा अमित बेगानी रहेका छन् । समितिको कोअर्डिनेटिङ उपाध्यक्षमा कृष्णप्रसाद अधिकारी रहेका छन् ।


नयाँ समितिले औद्योगिक वातावरण तयार गर्न सरोकारवालासँग सहकार्य गर्ने, बैंकिङ क्षेत्र र लगानीकर्ताबीच सम्बन्ध विस्तार गर्ने काम गर्ने तथा परिषदले श्रम सम्बन्ध सुधारका लागि नेपाल सरकार र सरोकारवालासँग सहकार्यमा काम गर्ने उद्योग परिसंघले जनाएको छ ।

 

 

 

 

 

 

 


Author

थप समाचार
x