मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व सहयोग
काठमाडौँ- मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न संध संस्था, व्यक्तिहरूलाई सहयोग गरेको छ । बैंकले विभिन्न पाँच विभिन्न सामाजिक उत्तरदायित्व मुलक कार्यहरुमा सहयोग गरेको छ । बैंकले साक्षरताको अभियानमा सहयोग पुग्ने गरि “फाइनान्सीयल डिजिटलाइजेसन लिट्रेसी” लागि ५० हजार रुपैयाँ मिडिया इन्टरनेसनललाई सहयोग गरेको छ ।
यसका साथै, बैंकले बालबालिकाको शिक्षामा टेवा पुर्याउनका निमित्त रेश्ट फाउन्डेसन अन्तरगत हेरचाह गरिएका आर्थिक स्थिति कमजोर भएका बालबालिकालागि चाहिने किताबको दराजको निमार्ण गर्नका लागि ४० हजार सहयोग गरेको छ ।
बैंकले भैसेपाटीस्थित प्रगति युवा कल्बद्धारा आयोजन भएको रक्तदान कार्यक्रमका लागि पनि आर्थिक सहयोग गरेको छ । आर्थिक स्थिति कमजोर भएका कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं २२ का २८ वर्षीय प्रकास बरालको मृगौला प्रत्यारोपनपणका लागि ५० हजार सहयोग गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया