कर्पोरेट

निसानको ’निसान लिफ टेस्ट ड्राइभ सप्ताह’ सुरु

इकागज |
भदौ २८, २०७८ सोमबार ११:५७ बजे

काठमाडौँ- निसान कम्पनीले उत्पादन गरेको बिधुतीय गाडीको ’निसान लिफ टेस्ट ड्राइभ सप्ताह’ सुरु गरेको छ । नेपालमा निसान तथा ड्याट्सन् गाडीको आधिकारिक बिक्रेता पायोनीयर मोटो कर्पले निसान लिफको टेस्ट ड्राइभको लागि आज भदौ २८ गते देखि असोज ४ गते सम्म ’निसान लिफ टेस्ट ड्राइभ सप्ताह’ सुरु गरेको छ ।

सप्ताहमा इच्छुक ग्राहकले टेस्ट ड्राइभ गरी विभिन्न उपहार जित्न सक्छन् । एक्सचेन्ज सुविधा, मुल्यांकन सुविधा तथा वित्तपोषण सुविधाको व्यवस्था गरेको कम्पनीले जनाएको छ । टेस्ट ड्राइभ सप्ताह यहि भाद्र २८ गते देखि असोज ४ गते सम्म निसान कम्पनीको काठमाडौँमा रहेको थापाथली तथा उत्तर ढोका शोरुममा बिहान १० बजे देखि हुनेछ ।


 


Author

थप समाचार
x