कर्पोरेट

चाडपर्वमा 'होण्डाको साथ ७' योजना

इकागज |
भदौ २९, २०७८ मंगलबार १४:१५ बजे

काठमाडौा - होण्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले आफ्नो दशैं तथा तिहार स्किम 'होण्डाको साथ ७' योजना सार्वजनिक गरेको छ । नेपालमै पहिलो पटक सात प्रदेशलाई समावेश गरिएको यस योजनामा हरेक प्रदेशबाट होण्डा खरिद गर्ने एक जनालाई एक लाख प्रदान गरिने कम्पनीले जनाएको छ ।  

योजनाको अविधि भर होण्डाका ग्राहकहरुले स्क्रयच कुपनमार्फत हात खाली नजाने गरी एक लाखसम्म नगद उपहार प्राप्त गर्ने कम्पनीले जनाएको छ । योजना अन्तर्गत ग्राहकहरूले, सात वर्षको लागि स्पेयर पार्टस्‌मा सात प्रतिशत छुट, सात वर्षसम्मका लागि नौ वटा बोनस सर्भिस कुपन प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।बम्परमा सहभागी एक जना भाग्यशाली ग्राहकहरूले १५ लाखसम्मको नगद पुरस्कार जित्न सक्ने कम्पनीले जनाएको छ।



Author

थप समाचार
x