कर्पोरेट

सानिमा बैंकका ग्राहकले किस्तामा सामसुङको फ्ल्यागसिप फोन खरिद गर्नसक्ने

इकागज |
भदौ २९, २०७८ मंगलबार १६:८ बजे

काठमाडौँ- सानिमा बैंक र सामसुङ मोबाइलको आधिकारिक बिक्रेताहरु आईएमएस नेपालबीच बैंकका ग्राहकहरुलाई सामसुङको फ्ल्यागसिप स्मार्टफोन शून्य प्रतिशत मासिक किस्तामा प्रदान गर्ने बैंकले जनाएको छ।

सानिमा बैंकका ग्राहकहरुले क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्ट फोनहरु जेड फोल्ड थ्री र जेड फ्लिप थ्री शून्य प्रतिशत मासिक किस्तामा १२ महिना समयावधिको लागि प्रि-बुकिङ्ग गर्न सक्ने बैंकले जनाएको छ । प्रि-बुकिङ्ग शुरु भएको उक्त मोबाइल फोनको औपचारिक लन्च भने आश्विन ६ गते हुनेछ ।


प्रि-बुकिङ्ग आइएमएस स्मार्ट तथा सामसुङ प्लाजास्थित हिम इलेक्ट्रोनिक्सको नेपालभर रहेका आधिकारिक आउटलेटबाट गर्न सक्नुहुनेछ । सानिमा बैंकको क्रेडिट कार्ड बैंकको वेबसाइटमा लगइन गरी आवेदन दिन सकिने बैंकले जनाएको छ।


Author

थप समाचार
x