सिटी एक्प्रेस र टेरा पेबीच रेमिट्यान्स सम्झौता
काठमाडौँ- सिटी एक्प्रेस मनि ट्रान्फरले र युरोपको टेरा पेमेन्ट सर्विसबीच रेमिटान्स कारोबार सुरु भएको छ । युरोपमा रहेका नेपालीहरुले टेरा पेको सेवा प्रयोग गरी युरोप तथा ७९ अन्य देशहरुबाट सिटी एक्सप्रेसमार्फत नेपालमा पैसा पठाउन सक्नेछन् ।
नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १२ हजार भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने सिटी एक्प्रेसले जनाएको छ । नेपालको जुन सुकै बैंकको खातामा पनि रकम गर्न सकिने छ ।
सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र टेरा पेको तर्फबाट सह संस्थापक एनि सेनले हस्ताक्षर गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया