खाने तेलको मूल्य बढ्नु स्वाभाविक: उत्पादक संघ
फाइल फोटो
काठमाडौँ - नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले प्रशोधित तेलको मूल्यलाई लिएर सन्चारमाध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । कोभिड-१९ ले गर्दा कच्चा पदार्थको अन्तर्राष्टिय मूल्यमा अत्याधिक वृद्धि भएकोले नेपालमा पनि मूल्य बढ्नु स्वाभाविक भएको उल्लेख छ । एक वर्ष अघि करिब छ सय डलर प्रति मेट्रिकटन हाल करिब १४ सय डलर पुगेको संघले जनाएको छ ।
संघमा आवद्ध २० वटै संस्थाले खाने तेल तथा घ्यूको नियमित उत्पादन गरि बजारमा पठाइरहेको उल्लेख छ । उद्योगलाई चाहिने सम्पूर्ण कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारबाट आयत गर्नुपर्ने भएकाले कच्चा पदार्थको मूल्य तलमाथी हुँदा तेलको मूल्य समायोजन हुने जनाएको छ ।
खानेतेलमा १० प्रतिशत भन्सार महशुल र १३ प्रतिशत भएको र कच्चा पदार्थमा मूल्य वृद्धि भएकाले लिटरमा ४५ रुपैयाँसम्म मूल्य वृद्धि भएको संघले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया