कर्पोरेट

ज्योतिलाइफको च्याटबट सेवा सुरु

इकागज |
भदौ ३१, २०७८ बिहीबार १४:२८ बजे

काठमाडौँ - ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले च्याटबट सेवा सुरु गरेको छ । ग्राहकलाई सेवालाई प्रविधीमैत्री बनाउँदै लाने उद्येश्यले च्याटबट 'ज्योति बट' सुरू गरेको जनाएको छ । 

अब उप्रान्त ज्योति लाईफका विभिन्न सेवाहरु तथा सेवा प्रदान गर्ने विधिहरुको जानकारी कम्पनीको वेबसाइट, फेसबुक पेज का साथै मोबाईल एपबाटै च्याटमार्फत स्वचालित रुपमा प्राप्त गर्न सकिने ज्योतिलाईफले कम्पनीले जानकारी गराएको छ।


च्याटबटमा कम्पनीका विभिन्न सेवाहरुको बारेमा जानकारी लिनका उपयुक्त भाषा रोजेर उपलब्ध विकल्पको छनौट गरी प्रश्न लेखेर जिज्ञासा राख्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका विभिन्न सेवाहरुस बीमित र अभिकर्ता सम्बन्धि जानकारी, कम्पनीको बीमा योजना सम्बन्धि जानकारीहरु उपलब्ध रहेको जनाएको छ । यसैगरी कम्पनीले आगामी दिनहरुमा उक्त च्याटबटमा थप सुबिधाहरु राख्दै अझ परिष्कृत बनाउने योजना रहेको कम्पनीले जनाएको छ  ।


Author

थप समाचार
x