कर्पोरेट

इमर्जिङ नेपालले ५ करोड ५५ लाख रुपैयाँ बराबरको आइपीओ ल्याउँदै

इकागज |
मंसिर २९, २०७७ सोमबार ११:४८ बजे

काठमाडौं : इमर्जिङ नेपाल लिमिटेडले ५ करोड ५५ लाख ६० हजार साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको पुस २४ गते बस्न लागेको ५२औं वार्षिक साधारणसभाले यसलाई पारित गर्नेछ ।

सञ्चालक समितिको गत बुधबार बसेको बैठकले चुक्ता पूँजीको ११.२० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । यो जारी भएपछि सर्वसाधारणलाई सेयर जारी गरी कम्पनीको चुक्ता पुँजी ५५.५६ करोड रुपैयाँ पुर्‍याउने उल्लेख छ ।


चुक्ता पूँजी कायम भएपछि १० प्रतिशतले हुने ५ करोड ५५ लाख ६० हजार रुपैयाँको ५ लाख ५५ हजार ६ सय कित्ता सर्वसाधारणमा निष्काशन गर्ने विशेष प्रस्तावमा उल्लेख छ ।

संस्थापकहरुको तर्फबाट सञ्चालकहरुको मनोनयन/निवाचन समेत गर्ने प्रस्तावमा उल्लेख छ ।  


Author

थप समाचार
x