कर्पोरेट

नेपालमा गोप्रो हिरो टेन ब्ल्याक क्यामरा सार्वजनिक

इकागज |
असोज ३, २०७८ आइतबार १२:११ बजे

काठमाडौँ – आइसफल टेक्नोलोजिजले नेपाली बजारमा गोप्रो हिरो टेन ब्ल्याक एक्सन क्यामरा सार्वजनिक गरेको छ । हिरो नाइन ब्ल्याकको सफलतापछि कम्पनीले हिरो टेन ब्ल्याक ल्याएको हो ।

जिपिटू प्रोसेसरमा आधारित यो क्यामरा छिटो  र प्रयोग गर्न सहज रहेको कम्पनीले जानकारी दिएको छ । यो क्यामराले प्रति सेकेन्ड ६० फ्रेम सम्म ५.३ के को उत्कृष्ट गूणस्तरको भिडियो खिच्न सक्छ । साथै यो क्यामराबाट २३ मेगापिक्सलको तस्बिर लिन सकिन्छ ।


हिरो टेन ब्ल्याक क्यामरामा हाइपरस्मुथ ४.० स्टेबलाइजेसन फिचर छ, जसबाट भिडियो स्टेबल गर्न सकिन्छ । वाटरप्रुफ डिजाइन उत्कृष्ट र टिकाउ समेत छ । धेरै अपग्रेड भएर आएको यो क्यामरा नेपालमा पनि रुचाइने कम्पनीको विश्वास छ ।

सन् २०१० मा स्थापना भएको आइसफल टेक्नोलोजिज गोप्रोका लागि नेपालको एक मात्र आधिकारिक वितरक हो । नयाँ सुविधाहरू को कारणले गोप्रो हिरो टेन ब्ल्याक अन्य एक्सन क्यामरा भन्दा अलग र अझ राम्रो भएको हुनाले साईकल तथा मोटरसाइकल यात्री, पर्वतारोही, ब्लगर्स र अन्य सिर्जनात्मक व्यक्तित्वहरूले मनमोहक दृश्य कैद गर्न उपयुक्त छ ।

फिचरहरू :

जिपिटू प्रोसेसर – दुई गुणा बढीको स्पिड

हाइपरस्मुथ ४.०

२३ मेगापिक्सल सेन्सर

६० फ्रेम प्रति सेकेन्डको दरमा ५.३ के भिडियो

१२० फ्रेम प्रति सेकेन्डको दरमा फोरके भिडियो

३३ फिटसम्म वाटरप्रुफ


Author

थप समाचार
x