कर्पोरेट

मुक्तिनाथ बैंकको मुद्दती निक्षेपमा १० प्रतिशत ब्याज

इकागज |
असोज ३, २०७८ आइतबार १५:२ बजे

काठमाडौँ -  मुक्तिनाथ विकास बैंकले असोज १ गते देखी लागु हुने गरी व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरमा वृद्धि गरेको छ । बैंकले व्यक्तिगत मुद्दतीमा ३ महिनाको लागि १० प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी नयाँ योजना सार्वजनिक गरेको हो ।

बैंकले ३ महिने संस्थागत मुद्दतीमा पनि सर्वाधिक ९.५ प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी गर्ने जनाएको छ । तीन महिना अवधीको लागि वाणिज्य तथा विकास बैंकहरुले असोज महिनाको लागि हाल सम्म प्रकाशित गरेको ब्याजदर मध्येमा सो व्यक्तिगत तथा संस्थागत ब्याजदर उच्च रहेको बैंकले छ ।



Author

थप समाचार
x