साओमीको 'रेड्मी १० प्राइम' सार्वजनिक
फाइल फोटो
काठमाडौँ - साओमीले नेपाली बजारमा रेड्मी १० प्राइम सार्वजनिक गरेको छ । साओमीले ६ हजार एमएएच क्षमताको ब्याट्रीसहित यो फोन नेपाली उपभोक्ताका लागि शनिबार सार्वजनिक गरेको हो।
साओमीले रेड्मी फोनमा पहिलोपटक भर्चुअल रूपमा २ जीबी र्याम थप्न मिल्ने सुविधा दिएको छ । यसमा ९ वाट रिभर्स चार्ज गर्नसमेत मिल्ने कम्पनीले बताएको छ । रेड्मी १० प्राइम केहि दिनमा सबै साओमी स्टोरमा पाइने कम्पनीले जनाएको छ ।
रेड्मी १० प्राइमका विशेषता
यसमा फाइब होल डिस्प्ले डिजाइन, ५० मेगापिक्सेलको मुख्य सेन्सरसहित ट्रिपल रियर क्यामेरा, मिडियाटेक हेलियो जी ८८ चिपसेट, हाइपर इन्जिन २.०, मियूआई १२.५ लगायतका फिचर छन् ।
त्यस्तै फोनमा ९० हर्जको रिफ्रेस रेटसहित ६.५ इन्चको फुल एचडी प्लस डिस्प्ले छ भने स्क्रिन प्रोटेक्सनका लागि गोरिल्लाथ्री ग्लास रहेको छ ।
मूल्य
रेडमी १० प्राइम दुईवटा भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । ४ जीबी र्याम र ६४ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको २०,९९९ रूपैयाँ रहेको छ । ६ जीबी र्याम र १२८ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य २३ हजार ९९९ रूपैयाँ निर्धारण गरिएको साओमीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया