कर्पोरेट

खुकुरीको म्युजिक नेसन

इकागज |
मंसिर २९, २०७७ सोमबार १७:४० बजे

काठमाडौंः खुकुरीले नेपाली संगीतको विरासतलाई निरन्तरता प्रदान गर्न तथा अँग्रेजी नयाँ वर्ष २०२१ को भव्यशुभारम्भ गर्न ‘खुकुरी म्युजिक नेसन’ प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । यस अभियानमा नेपालका ख्याति प्राप्त स्थापित कलाकारहरुका साथै उदयमान कलाकारहरुको प्रस्तुति रहने बताइएको छ । 

खुकुरी रमले आफ्नो वेबसाइट मार्फत् एउटा प्रतियोगिता सञ्चालन गर्ने भएको छ जहाँ आवेदकहरुले आफू भित्र रहेको साँगीतिक प्रतिभाको भिडियो अपलोड गरेर प्रस्तुत गर्न सक्नेछन् । प्रतियोगिताको निर्णायकहरु विपुल क्षेत्री, समृद्धी राई र सबिन राई  (नेपाली लोकप्रिय ब्याण्ड सबिन राई एण्ड द फारोबाट) को टोलीले यसरी भिडियो अपलोड गर्ने प्रतिभाहरु मध्येबाट टप १६ प्रतियोगीहरू छान्नेछन् । यी नाम यही २०२१ जनवरी १ तारिखमा आयोजना हुने खुकुरी देशको संगीतको प्रत्यक्ष साँगीतिक कार्यक्रमबाट उद्घोष गरिने आयोजकले उल्लेख गरेको छ । 


जनवरी १ तारिखमा सम्पन्न हुने साँगीतिक कार्यक्रममा ख्याति प्राप्त नेपाली कलाकारहरु कबवेब, समृद्धी राई, विपुल क्षेत्री, सबिन राई एण्ड द फारो, द एक्स ब्याण्ड र द इलिमेन्ट्सले पनि प्रस्तुति दिने कार्यक्रम रहेको छ ।  हालको कोभिड परिस्थितिको कारणले गर्दा बृहत् अनलाइन कन्सर्ट गरेर यो कार्यक्रम आयोजना गर्न लागिएको छ । २०२१ फेब्रुअरी २१ मा गरिने घोषणासँगै नेपाली संगीतमा नयाँ नेपाली संगीत स्टारको उदयहुनेछ भनें ती विजेताले ११ लाख रुपैँया बराबरको खुकुरी म्यूजिकलसँगको करार प्राप्त गर्ने बताइएको छ । 

यो कार्यक्रमको बारेमा बताउँदै खुकुरी रमको तर्फबाट कार्यक्रम मेनेजर श्रीदा शाहले खुकुरी म्युजिक नेसनको आयोजनाले उदयमान नेपाली कलाकारहरु लाई उनीहरुको आफ्नो प्रतिभा प्रस्तुत गर्नका लागि उपयुक्त मञ्च प्राप्त हुने बताइन् ।
 


Author

थप समाचार
x