कर्पोरेट

ग्लोबल आइएमइ लघुवित्तले घोषणा गर्‍यो बोनस सेयर

इकागज |
असोज २०, २०७८ बुधबार १७:२१ बजे

काठमाडौँ - ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ । आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट वितरणयोग्य मुनाफा चुक्ता पुँजीको २८ प्रतिशत छ । १२ करोड ८ लाख ७५ हजार ९ सय १५ रुपैयाँ बराबर बोनस सेयर वितरण गर्ने लघुवित्तको प्रस्तावमा उल्लेख छ ।

लघुवित्तका अनुसार हाल चुक्ता पुँजी ४३ करोड १७ लाख १० हजार चार सय ११ रुपैयाँ छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि वार्षीक साधारणसभामार्फत पारित गराएर बोनस सेयर बाँडने लघुवित्तले जानकारी दिएको छ । 



Author

थप समाचार
x