कर्पोरेट

सानिमा माइको १० प्रतिशत बोनस शेयर पारित

इकागज |
कात्तिक ११, २०७८ बिहीबार १५:४२ बजे

काठमाडौँ-  सानिमा माई हाइड्रोपावर लिमिटेडको आज बिहीबार भएको दशौं साधारण सभाले आफ्ना शेयरधनीलाई १० प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । साधारण सभाले कर प्रयोजनका लागि कूल मुनाफाको ०.५२६३ प्रतिशत नगद लाभांश पारित गरेको यसका निर्देशक डा. सुवर्णदास श्रेष्ठल बताए ।

डा. श्रेष्ठका अनुसार साधारण सभाले दुईजना सञ्चालकलाई निर्विरोध चयन गरेको छ । सर्वसाधारण लगानीकर्ताका तर्फबाट सञ्चालक समितिमा मनोनीत हुने सञ्चालकहरुमा भरतकुमार पोखरल र हितमान गुरुङ छन् ।


सानिमा हाइड्रोपावरले तीनवटा आयोजना सञ्चालन गरिरहेको छ भने अरु तीनवटा जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सञ्चालनमा रहेका आयोजनाहरुमा माइ (२२ मेगावाट) र यसैको क्यासकेड (७ मेगावाट) र सुनकोसी (२.६ मेगावाट) छन् । 

सानिमाका निर्माणाधीन आयोजनाहरुमा मध्य तमोर (७३ मेगावाट), तल्लो लिखु (२८.१ मेगावाट) र माथिल्लो मैलुङ (१४.३ मेगावाट) छन् । तमोरमा सानिमाले मात्रै ५३ करोड, तल्लो लिखुमा ४५ करोड र माथिल्लो मैलुङमा करिब २४ करोड रुपैयाँ लगानी गरेको डा. श्रेष्ठले जानकारी दिए । साधारण सभाले पारित गरेको १० प्रतिशत बोनस शेयरबाट ३ अर्ब ८ करोड रुपैयाँ चुक्ता हुने डा. श्रेष्ठले बताए ।  


Author

थप समाचार
x