कर्पोरेट

चाबहिल तरकारी बजारमा सनराइजको क्यूआर भुक्तानी सेवा सुरु

इकागज |
कात्तिक १५, २०७८ सोमबार १९:४४ बजे

काठमाडौँ- सनराइज बैंकले चाबहिलको तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी सेवा सुरु गरेको छ । तरकारी तथा फलफूल बजारमा क्यूआर कोड भुक्तानी कारोबारको नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले शुभारम्भ गरे ।

उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेशन वा मोबाइल वालेटमार्फत तरकारी बजारमा रहेका पसलहरूमा तरकारी, फलफूल तथा अन्य सामग्रीहरूकाे खरिद रकमको सजिलै भुक्तानी गर्न सक्नेछन् । ग्राहकहरूको सहजताको लागि बैंकले बजार परिसरमा फ्रि वाइफाइकोसमेत व्यवस्था गरेको छ ।


ग्राहकहरूले चाबहिलको तरकारी तथा फलफूल बजार परिसरमा रहेको अधिकांश पसलहरूमा क्यूआर कोडबाट क्यूआर पेमेन्ट सुबिधा लिनसक्ने बैंकले जनाएको छ । उद्घाटनमा काठमाडौं नगरपालिकाका- ७ का वडा अध्यक्ष शुद्धकुमार डंगोल, बेष्ट फुड बजार प्रालिका सञ्चालक सुवास घिमिरे र उपेन्द्र पाण्डे, फोन पेका अध्यक्ष विश्वास ढकाल, बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा लगायतको उपस्थिति थियो ।


Author

थप समाचार
x