फोर्डको अफ टु नुवाकोट सम्पन्न
काठमाडौँ- फोर्ड नेपालको आधिकारिक वितरक जिओ अटो मोबाईल्सले नेपालमा आन्तरिक पर्यटन प्रवर्द्धन र अफ रोडिङ संस्कृतिको विकास गर्ने उद्देश्यले 'अफ टु नुवाकोट' कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ ।
कार्यक्रमको र्याली टोखा–शिवपुरी मार्ग हुँदै सञ्चालन गरिएको थियो। कार्यक्रम विशेषगरी फोर्डको ४×४ ट्रक जीवन शैलीको प्रदर्शनमा केन्द्रित ग्राहक संलग्नता कार्यक्रमको एक हिस्सा रहेको जनाइएको छ ।
करिब ४० जना सहभागीसँग फोर्डले जंगल भ्रमण, जिप लाईन र साइट सिइङ जस्ता बीचमा धेरै गतिविधिसहित नुवाकोटको ऐतिहासिक भूमिमा आफ्नो यात्रा तय गरेको थियो । नुवाकोटमा दिगो कफी खेतीलाई प्रवर्द्धन गर्ने 'नुवा एस्टेट फार्म'को भ्रमण गरेर कार्यक्रमको समापन भएको फोर्ड नेपालले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया