कर्पोरेट

ब्रिटीश कलेजको एसिसिए कार्यक्रम शुरु

इकागज |
पुस १६, २०७७ बिहीबार ७:५३ बजे

काठमाडौँ: थापाथलीस्थित रहेको द ब्रिटिस कलेज अन्तर्गतको ब्रिटिस प्रोफेसनल कलेजमा एसिसिए (एसोसियसन अफ चार्टटण्ड सर्टिफाइड एकाउन्टेन्ट्स) प्रोग्राम सुरु भएको छ । 

ब्रिटिस प्रोफेसनल कलेज एसिसिएबाट गोल्ड एएलपीबाट मान्यताप्रता रहँदै आएको छ । सन् २०१२ देखि एसिसिए परीक्षाका लागि सयौँ विद्यार्थीहरु तयार गरिसकेको यो कलेजले उत्कृष्ट प्रोफाइल बनाउन सफल भएको ब्रिटीश कलेजले उल्लेख गरेको छ ।  यो कलेजबाट एसिसिए वल्र्ड परीक्षा टपर र लगातार एसिसिए नेपाल टपरहरु हुन सफल भएका छन् । 


कलेजले अत्याधुनिक प्रविधिबाट विद्यार्थीहरुलाई पठनपाठन गराउँदै आइरहेको छ । त्यस्तै कलेजले विभिन्न संघसंस्थाहरुसँग सम्झौता गरेको छ जसका कारण विद्यार्थीहरुले सजिलै आर्टिकलसिप सहजै पाउने बताइएको छ । यो कलेज कोरोना महामारीकाबीच दक्ष शिक्षकहरुमार्फत विद्यार्थीहरुलाई अनलाइन प्लेटफर्म उपलब्ध गराई निरन्तर पठनपाठन गराउने नेपालमा एकमात्र एएलपी बनेको छ ।  

वैकल्पिक रुपमा कलेजले अनलाइन क्लास उपलब्ध गराउँदै आइरहेको छ । कोरोना महामारीका बीच पनि एसिसिएले फाइनल र कलेजले आन्तरिक परीक्षाहरु गराउँदै आएको भन्दै कलेजले आफ्नो उत्कृष्ट विद्यार्थीको अनुभव र नतिजाको अनुगमन र सुधारलाई प्राथमिकता दिदैं आएको छ । कलेजका ट्युटरहरूले विद्यार्थीहरूलाई अध्ययनलागि उनीहरूको सबै विकल्पहरूको बारेमा सचेत गराउने गरेको कलेजले उल्लेख गरेको छ । 

प्रोफेसर मेरी, पुर्व लर्निङ एसिसिए प्रमुख हालै  द ब्रिटिस कलेजको कार्यकारी प्रिन्सिपलमा नियुक्त भएकी छन् । उनी भन्छिन्,‘एक सक्षम एसिसिए एकाउन्टेन्ट भएको हैसियतले भन्नुपर्दा मेरो पुरै करिअर क्वालिफाइड एकाउन्टेन्टका रुपमा धेरै फाइदा गरेको छ । वर्तमान अवस्था विश्वव्यापी रूपमा कठिन अवस्था रहेको छ । महामारी र जलवायु परिवर्तनको प्रभावले ठुलो असर पारेको छ । मलाई विश्वास छ कि एक व्यवसायिक योग्यता छ भने जसले लेखा र अडिटिंङ मात्र गर्ने क्षमता राख्छ साथै एनालिटिक्स, डिजिटल मोडलिङ, फिन्टेक, रचनात्मक व्यवसाय मोडलिङ र नेतृत्वले विद्यार्थीहरूलाई परिवर्तनको संसारमा साँच्चै राम्रो करियरको लागि तयार गर्दछ ।’
उनले अगाडि थपिन्, ‘ एसीसीए व्यवसायिक र प्राविधिक रुपले विद्यार्थीहरूलाई नयाँ र उदाइरहेका उद्योगहरू, जस्तै कृषि, प्रशासन, व्यापार साझेदारी र डिजिटल पूर्वाधारको वरिपरि अनुकूलन गर्न अनुमति दिनेछ । ब्रिटिश प्रोफेशनल कलेज पहिले नै यो सफलताको बाटोमा रहेको छ । यसको निरन्तर र सफलताको लागि शुभकामना दिन्छु ।’ विश्वभर यो कोर्सको डिमाण्ड रहेको छ । ५ लाख २७ हजार भन्दा बढी विद्यार्थीहरु, २ लाख १९ हजारभन्दा बढी सक्षम सदस्यहरु १७९ देशमा छहरिएर रहेका छन् । 
 


Author

थप समाचार
x