कर्पोरेट

‘आईएमई पे’मा ५% क्यास ब्याक

इकागज |
पुस १७, २०७७ शुक्रबार १३:५४ बजे

काठमाडौंः आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्विद्र्घत ‘आइएमई पे’ ले  नव वर्ष २०२१ को उपलक्ष्यमा आइएमई पे मोबाइल वालेट मार्फत गरिने रिचार्जमा ५ प्रतिशत क्यास ब्याकको अफर सार्वजनिक गरेको छ । यो क्यास ब्याक आफ्नै मोबाइल नम्बरको लागि मात्र लागू हुनेछ र सीमित अवधिका लायि यो योजना ल्याइएको ‘आईएमई पे’ ले जनाएको छ । 

यो क्यास ब्याक अफर प्रयोगकर्ताको आफ्नै मोबाइल नम्बरमा आईएमई पे वालेटमा दर्ता गरिएको नम्बरमा मोबाइल रिचार्जका लागि मात्र मान्य हुने बताइएको छ । ‘बिभिन्न मोबाइल नम्बरमा गरिएको कुनै पनि मोबाइल रिचार्ज लेनदेनले कुनै क्यासब्याक प्राप्त गर्ने छैन,’ आइएमई पेले भनेको छ, ‘प्रत्येक उपयोगकर्ताले रु. १०० प्रति महिना क्युमुलेटिभ क्यास ब्याक पाउन सक्नुहुनेछ । यो अफर सीमित समयको लागि मात्र लागू हुनेछ ।’


यो अफरसँगै कोरोना भाइरस (कोभिड–१९) को बढ्दो प्रभाव र अपनाउनुपर्ने सूरक्षा सतर्कता अन्तर्गत सामाजिक र भौतिक दूरी कायम गर्न आम उपभोक्तालाई सहज हुने कम्पनीले उल्लेख गरेको छ । 
 


Author

थप समाचार
x